LibreOfficeDev 7.4 Help
Sets options that make LibreOfficeDev programs more accessible for users with reduced sight, limited dexterity or other disabilities.
पहुँचता विकल्प सेट गर्दछ।
तपाईँंलाई सहयोगी उपकरणहरू प्रयोग गर्न समर्थन दिन्छ, जस्तै बाह्य प्रदा पाठकहरू, ब्रेल यन्त्रहरू वा उच्चारण चिनारी आगत यन्त्रहरू। तपाईँंले सहयोगी समर्थन सक्षम पार्न सक्नका लागि पहिले जाभा रनटाईम परिवेश तपाईँंको कम्प्युटरमा स्थापित गर्नै पर्दछ।
पढ्ने-मात्र कागजातहरूमा कर्सर प्रदर्शन गर्दछ।
एनिमेसन गरिएको ग्राफिक्स पूर्वदृश्य गराउछ, जस्तै LibreOfficeDev मा GIF छविहरू।
एनिमेसन गरिएको पाठ, जस्तै LibreOfficeDev मा झिम झिम गर्ने र स्क्रोल गर्ने।
उच्च व्यतिरेक भनेको एउटा सञ्चालन प्रणाली सेटिङ हो जसले पढाई क्षमता बढाउन लाई प्रणाली रङ परिवर्तन गर्दछ। तपाईँंले LibreOfficeDevले कसरी सञ्चालन प्रणालीको उच्च व्यतिरेक सेटिङ प्रयोग गर्दछ भन्ने कुरा निर्णय गर्न सक्नुहुन्छ।
उच्च व्यतिरेक मोड सक्रिय पारेको बेलामा जहिले पनि कक्ष सिमानाहरू र छाँयाहरू पाठ रङमा देखाइएको हुन्छ। त्यसपछि कक्ष पृष्ठभूमि रङ बेवास्ता गरिन्छ।
प्रणाली पृष्ठभूमि रङ धेरै गाढा भएको बेलामा LibreOfficeDev उच्च व्यतिरेक मोडमा स्विच गर्दछ।
प्रणाली रङ सेटिङहरू प्रयोग गरेरLibreOfficeDev मा फन्टहरू प्रदर्शन गर्दछ। यो विकल्पले प्रदा प्रदर्शन मात्र असर पार्दछ।
पृष्ठ पूर्वदृश्यहरूलाई सञ्चालन प्रणालीको उच्च व्यतिरेक सेटिङहरू लागू गर्दछ।